मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गगन थापाले भने म मन्त्री बन्दिन !

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 154
    SHARES
  • गगन थापाले भने म मन्त्री बन्दिन !

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगु मन्त्री नबन्ने बताएका छन् । 

    images

    आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफु मन्त्री नबन्ने बताउदै आफ्नो अहिलेको जिम्मेवारी सांसद रहेर नै निभाउने बताएका हुन् । 

    थापाले भने- 'मैले पाँच वर्षको लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । यो सबै कामहरू मैले नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो, त्यो कामहरू गर्छु ।  सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्मा उठाउनुपर्ने विषय उठाउँछु । म मन्त्री बन्दिन, बन्न पनि मिल्दैन ।' 

    images

    महामन्त्री थापाले आफु प्रधानमन्त्री नै बन्न खोजेपनि सांसदहरुको साथ नपाएकोले बन्न नसकेको बताए । 

    उनले सरकार सफल हुने कुरा कति समय सरकार चल्यो भन्ने कुराले आफुले नहेर्ने भन्दै कस्तो काम गर्यो भन्ने आधारमा सरकारको मुल्यांकन गर्ने बताए ।