काठमाडौं । गोरखाको गोरखा नगरपालिका–६ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।
गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको प्रदेश ३, ०१–००३ क ६१७० नम्बरको मिनी ट्रक आज दिउँसो सवा १ बजे बिसौनीमोड भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा जम्मा ८ जना घाइते भएकामा एक जनाको उपचारको क्रममा गोरखा अस्पतालमा १ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गोरखामै उपचार भइरहेको छ।
आरुघाटबाट तरकारी लगायतका सामान लिन गोरखा बजार आउँदा दुर्घटना भएको र चालक उमेश श्रेष्ठ पनि घाइते भएका उनका आफन्त संगम श्रेष्ठले जानकारी दिए ।
बसपार्कतर्फबाट हरमटारीतर्फ जाँदै गरेको सो मिटीट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर करिब ५० मिटर तल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालमा ठोक्किन पुगेको थियो ।
साथै बा ८६ प १७८६ नम्बरको मोटरसाइकलाई समेत लतारेर लगेको छ । मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका छन् ।
ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान भए पनि थप जानकारी नभएको डिएसपी लामिछानेले बताए ।

.jpg)


