मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुधबारका लागि बोलायो कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 229
    SHARES
  • बुधबारका लागि बोलायो कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजेलाई डाकिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    images

    पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ । 

    त्यस्तै उपराष्ट्रपति निर्वाचन, अब चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ ।

    images