मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र १, २०७९ बुधबार
  • 164
    SHARES
  • आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बिहान बस्दैछ।

    images

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    कार्यसम्पादन समितिमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन, वैशाख १० मा चितवन २ मा हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने र तनहुँ १ मा हुने उपनिर्वाचनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिए।

    images

    उपराष्ट्रपतिमा जसपा उम्मेदवार रामसहायप्रसाद यादवलाई कांग्रेसले सघाउने तयारी गरेको छ। जसपासहितको सहयोगमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएको थियो।

    तनहुँ १ बाट गत मंसिर ४ मा निर्वाचित रामचन्द्र पौडेल गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए। यो क्षेत्र रिक्त भए पनि निर्वाचन आयोगले भने उपनिर्वाचन मिति तोकिसकेको छैन।

    कांग्रेस बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा सहभागितालगायत विषयमा पनि छलफल हुने ती पदाधिकारीले बताए। चैत ५ लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।