मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 199
    SHARES
  • उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

    निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार भोलि चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोग र निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट आवश्यक सम्पुर्ण तयारी पुरा जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग सम्बन्धित सबै पक्षमा आग्रह गर्दै मतदानका दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानमा सहभागी भई स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरुलाई आयोगले अनुरोध गरेको छ । 

    images

    निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको अवस्था छ ।