मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 135
    SHARES
  • रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। 

    images

    आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

    प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्।

    images

    रास्वपाले यसअघि पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । माघ २२ गते प्रचण्ड सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो । 

    पुस १० गते बनेको तत्कालीन ७ दलीय गठबन्धन फागुन १२ गते भत्किएर नयाँ गठबन्धन बनेको थियो । ‍औपचारिक रूपमा रास्वपा नयाँ गठबन्धनमा सहभागी छैन ।

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना छ । प्रतिनिधि सभामा अहिले रास्वपाका १९ सांसद छन् । यसअघि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आजै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।