मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपराष्ट्रपति यादवले शपथ सोमबार लिने

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 187
    SHARES
  • उपराष्ट्रपति यादवले शपथ सोमबार लिने

    काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुनेभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

    images

    यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।


    निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

    images