नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।
नेकपा एमाले निकट अखिल र नेपाली कांग्रेसनिकट नेविसंघको प्यानलका उम्मेदवार कैलाश तामाङलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । अखिल क्रान्तिकारीका ढुंगेलले ५२ मतले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन् । ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ ।
सचिवमा नेविसंघका मनोज सिंह ६०१ मतसहित विजयी भए भने कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङले ४२३ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी, ७ सदस्यमध्ये बहुमत ५ सदस्य एमाले निकट अनेरास्ववियुले जितेको छ । जसअनुसार अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन् ।
.jpg)


