मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संबिधान जोगाउन गठबन्धनको विकल्प छैन : सभापति देउवा

एक्सप्रेस पाना
चैत्र ६, २०७९ सोमबार
  • 179
    SHARES
  • संबिधान जोगाउन गठबन्धनको विकल्प छैन : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा गठबन्धन आवश्यक रहेको बताएका छन् ।

    images

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संविधानले सबै लिंग जातिको प्रतिनिधित्व सुनिश्चित गरेकाले संविधान रक्षाका लागि पनि गठबन्धनको संस्कृतिलाई आत्मसात् गरेको बताएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा सरकारलाई विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि बोल्दै देउवाले गठबन्धनमा जानुको विकल्प नभएको बताउदै कांग्रेसले विश्वासको मतको पक्षमा मत दिने र सरकारमा सहभागी हुने बताएका छन् ।

    images

    उनले भने-'राजनीतिक स्थिरताका लागि यसअघि पनि पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको पक्षमा मतदान गरेका थियौं । राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौं । सँगै उभिरहने वाचा गर्छौं ।’