मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तनहुँ १, बारा २ पनि बैशाख १० गते नै उपनिर्वाचन हुने

एक्सप्रेस पाना
चैत्र ७, २०७९ मंगलबार
  • 271
    SHARES
  • तनहुँ १, बारा २ पनि बैशाख १० गते नै उपनिर्वाचन हुने

    काठमाडौं- निर्वाचन आयोगले तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पनि आउँदो बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

    images

    तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको र बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकाले ती दुइवटा निर्वाचन क्षेत्रहरु खाली भएका हुन् ।

    आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकिएको हो ।

    images

    साथै उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    चितवन क्षेत्र नम्बर २ मा भने आयोगले पहिला नै उपनिर्वाचनको मिति तोकेको थियो ।