मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नगरप्रमुख हर्क साम्पाङविरुद्ध धरानका सात राजनीतक दल एक ठाउमा

एक्सप्रेस पाना
चैत्र ९, २०७९ बिहीबार
  • 185
    SHARES
  • नगरप्रमुख हर्क साम्पाङविरुद्ध धरानका सात राजनीतक दल एक ठाउमा

    धरानका नगरप्रमुख हर्क साम्पाङविरुद्धमा राजनीतिक दलहरु एक ठाउमा आएका छन् । धरानका सात राजनीतिक दलले बुधबार प्रेस वक्तव्य जारी गर्दै मेयर साम्पाङले कार्यशैली नसच्याए आन्दोलनमा उत्रने चेतावनी दिदै कार्यशैली सच्याउन आग्रह गरेका छन् ।

    images

    साथै सात राजनीतिक दलहरुले मेयर साम्पाङले युट्युब च्यानल र सञ्चारमाध्यमको प्रयोग गरेर  कार्यपालिकाका सदस्यहरुको बिचारलाई अन्यथा प्रस्तुत गर्न लगाई प्रोपोगाण्डा गरेको समेत आरोप लगाएका छन् । 

    उनीहरुले नगर प्रमुख साम्पाङको 'हर्क साम्पाङ ए रिभोलुसन' नामक फेसबुक पेजमा विगतदेखि नै निरन्तर वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलहरु माथि झुटो, कपोकल्पित र भ्रामक विषयहरू पोष्ट गर्ने र आफ्ना फेक आइडी र फलोअर्सहरुवाट अशिष्ट, अमर्यादित र अश्लील गाली गलौच गर्ने गराउने गरेको तथ्य रहेको उल्लेख गरेका छन् ।   

    images

    राजनीतिक दलहरुले नगर प्रमुखले माफी माग्न र जनप्रतिनिधि बीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न समेत आग्रह गरेका छन् ।

    विज्ञप्ति जारी गर्नेमा धरानका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।