मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै

एक्सप्रेस पाना
चैत्र ९, २०७९ बिहीबार
  • 195
    SHARES
  • प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदै

    प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने चर्चा थियो । तर, खड्काले नमानेपछि सभापति शेरबहादुर देउवाले महतको नेतृत्वमा सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

    images

    सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आजै फाइनल गर्ने भएका छन् । त्यसको लागि उनले आज पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिसकेका छन् । मन्त्रालय बाँडफाँटमा लगभग सहमतिनजिक रहेका दाहाल र देउवाले सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग आज पूनः छलफल गर्ने भएका छन् ।