मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रदेशको विकास र समृद्धि सरकारको लक्ष्य : मुख्यमन्त्री जम्मकट्टेल

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 175
    SHARES
  • प्रदेशको विकास र समृद्धि सरकारको लक्ष्य : मुख्यमन्त्री जम्मकट्टेल

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताएका छन् । 

    images

    आज बसेको प्रदेशसभाको बैठकमा उनले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफलमा जनताप्रति जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने क्रममा सरकारलाई दिनुभएको सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउने बताए ।

    उनले जनतालाई संविधान र प्रजातन्त्रप्रति दलको नेतृत्वबाट भएका कमीकमजोरीको कारणले निराशा पैदा भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रदेशको भौतिक पूर्वाधार, आर्थिक समृद्धि र जनतालाई शान्ति सुरक्षा र अमनचैन कायम गर्न सरकारले सबै राजनीतिक दलसँग सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

    images