मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

एक्सप्रेस पाना
चैत्र १२, २०७९ आइतबार
  • 153
    SHARES
  • नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

    images

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका छन् । कुँवरले चैत ८ मा एआईजीको फुली लगाएका थिए ।

    चैत ६ मा मन्त्रिपरिषद्ले कुँवर सहित ५ जना अधिकृतहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । १० चैत मा कुँवरलाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो ।

    images