आइतबार, भाद्र २८ गते २०८३
images

सवारी दुर्घटनाबाट घाइते भएमा निःशुल्क उपचारको व्यवस्था गर्न माग

एक्सप्रेस पाना
चैत्र १२, २०७९ आइतबार
  • 227
    SHARES
  • सवारी दुर्घटनाबाट घाइते भएमा निःशुल्क उपचारको व्यवस्था गर्न माग

    नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    images

    आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका-२ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गरेका हुन् । सांसद खतिवडाले सबै सार्वजनिक बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले भने, ‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाओस् । ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सक्ने अवस्था भएन । बसको बीमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरुलाई बीमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’

    सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै यसको अन्त्य गर्न समेत सरकारले ढिलाई गर्न नहुने बताए ।

    images