सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा वृद्धि

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 276
    SHARES
  • सुनको मूल्यमा वृद्धि

    काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ । 

    images

    मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    साेमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । 

    मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। साेमबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।