काठमाडौं । नेपाली बजारमा आइतबार सुन घटेको छ ।
आज सुन तोलामा ८ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


