काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार ३१.५४ अंकले बढेर २६९५.६० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएको बजारमा आज ८ अर्ब ५७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १८१ कम्पनिको सेयर मुल्य बढेको छ भने ९१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
.jpg)


