दोहोरो अंकले बढ्यो नेप्से
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४.१७ अंकले बढेर २०२०.६४ अंकमा कायम भएको हो ।
आज कारोबार रकम पनि बढेको छ । विभिन्न २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता शेयर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रूपैयाँमा किनबेच भयो ।
आजको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरु सबै कम्पनीको बढेको छ । नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूह २७६.६० र निर्जीवन बीमा समूह २२४.९० अंकमा कायम भएको छ । बैंकिङ समूह ७.३६, विकास बैंक ५८.१४, वित्त ३६.९२, होटल तथा पर्यटन १०३.७६, जलविद्युत् ४८.५७ र लगानी समूह १.३६ अङ्कले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन २२१.५७, लघुवित्त ९६.७०, म्युचुअल फन्ड ०.१६, व्यापार ६१.५० र अन्य समूह १५.५३ अङ्कले बढेको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा प्रतिकित्ता ३.९३ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २७ करोड ६६ लाख ८७ हजार २५० बराबरको ५ लाख ५७ हजार ३८८ कित्ता शेयर किनबेच भएको छ ।


