सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ १, २०८० शुक्रबार
  • 224
    SHARES
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

    images

    यसअघि प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको हो ।

    त्यस्तै, प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ । 

    images

    यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज बढेर १ हजार ४ सय २५ रुपैयाँ पुगेको हो ।