सोमबार, कार्तिक १७ गते २०८३
images
images

होण्डा साइनको आकर्षक अफर सार्वजनिक, केके छन् सुविधा ?

एक्सप्रेस पाना
आषाढ १, २०८० शुक्रबार
  • 332
    SHARES
  • होण्डा साइनको आकर्षक अफर सार्वजनिक, केके छन् सुविधा ?

    काठमाडौँ । नेपालमै सर्बाधिक बिक्री हुने १२५ सिसिका मोटरबाइक, होण्डा साइनले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । 

    images

    नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले आफ्ना ग्राहक वर्गका लागि फेरी आकर्षक अफरहरू लिएर आएको जानकारी सार्वजनिक गरेको छ । 

    अब होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत ब्याजदरमा किन्न पाइनेछ । साथै, सर्वाधिक माइलेजका कारण सधैँ उपभोक्ताहरूको रोजाइमा पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा आकर्षक क्यासब्याक पनि पाइने भएको छ ।

    images

    कम्पनीका अनुसार यो बाइक खरिद गर्दा तुरुन्तै ४ हजार ५०० सम्मको ’क्यास ब्याक’ पनि पाउन सकिनेछ । 

    सो योजना जेठ १८ देखि असार १५ सम्म मात्र कायम रहने कम्पनीले जानकारी दिएको छ । आरामदायी र आकर्षक होण्डा साइनमा उपलब्ध यो अवसरले ग्राहकहरूलाई भरपुर फाइदा पुग्नेमा विश्वस्त रहेको कम्पनीको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # स्याकार ट्रेडिङ कम्पनी
  • # होण्डा