सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

एक्सप्रेस पाना
आषाढ ४, २०८० सोमबार
  • 341
    SHARES
  • सोमबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौ । साताको दोस्रो कारोबारको दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

    images

    गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ ।

    आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ।