काठमाडौ । साताको तेस्रो दिन आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनचाँदीकै मूल्य घटेको महासंघले जानाएको हो ।
आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । सोमबार सुनको भाउ स्थिर रहँदै आइतबारकै मूल्यमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
.jpg)


