सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि घट्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
आषाढ ६, २०८० बुधबार
  • 239
    SHARES
  • आज पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौ । नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य घटेको छ । 

    images

    महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

    मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । 

    images

    यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । मंगलबार १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी बुधबार १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।