सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 229
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ घटेको हो । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    images