सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

एक्सप्रेस पाना
आषाढ ८, २०८० शुक्रबार
  • 256
    SHARES
  • सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको हो । 

    images

    यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज पनि तोलामा २५ रुपैयाँले घट्दै १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    यस साता सुनको मूल्यमा लगातार गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा यो साता २ हजार रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ ।