सोमबार, कार्तिक १७ गते २०८३
images
images

६२ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

एक्सप्रेस पाना
आषाढ १०, २०८० आइतबार
  • 219
    SHARES
  • ६२ अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

    काठमाडौँ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्सेले २ हजार १ सय अंक नाघेको छ ।

    images

    बजार खुलेदेखि नै उकालो लागेको नेप्से अन्तत : बन्द हुदा अघिल्लो कारोबार दिनको तुलनामा ६२ अंक बढेर २११७ अंकमा कायम भएको हो ।

    बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १२, विकास बैंक १७४, फाइनान्स ९८, होटल तथा पर्यटन ९३, जलविद्युत् ४६, जीवन बीमा ८९१, उत्पादन २३७, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा ६६६, अन्य ७९ र ब्यापार १३१ अंक बढे । कुल ६ अर्ब ४९ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ ।

    images

    कुल १८९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ४ को स्थिर रहृयो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ, सामलिङ पावर, बीपीडब्लु लघुवित्त, सिटी होटल र शिवम् सिमेन्टको मूल्य १० प्रतिशत बढ्यो । 

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमश : अगाडि रहे ।