सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि बढ्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
आषाढ ११, २०८० सोमबार
  • 234
    SHARES
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौ । साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

    images

    सोमबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    आइतबार पनि सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

    सोमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।