सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर

एक्सप्रेस पाना
आषाढ १८, २०८० सोमबार
  • 218
    SHARES
  • सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर

    काठमाडौ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    आइतबार प्रतितोला ५०० रुपैयाँ बढेको सुनको भाउ साेमबार प्रतितोला १०० रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख नौ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।