सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो पेट्रोलियम पदार्थको मूल्य

एक्सप्रेस पाना
आषाढ १८, २०८० सोमबार
  • 282
    SHARES
  • घट्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।​

    images

    सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

    निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । 

    images

    अब पेट्रोलको प्रति लिटर १७० रुपैयाँ भएको छ भने डिजेल र मट्टीतेलको प्रति लिटर १५० भएको छ । 

    त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ ।

    त्यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

    निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।