काठमाडौँ । साताको तेस्रो दिन (आज) मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुन तोलामा ३५० रुपैयाँ बढेको छ ।
योसँगै आज प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
.jpg)


