सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढ्यो, दुई अर्ब ५७ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 218
    SHARES
  • नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढ्यो, दुई अर्ब ५७ करोडको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

    images

    आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा पुगेको छ ।

    आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ ।
     
    नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ।

    images

    सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३ दशमलव  ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अङ्कले बढेको छ ।

    बैंकिङ समूह एक दशमलव ०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् तीन दशमलव १६, लगानी शून्य दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ । 

    त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव  ०२, व्यापार १५ दशमलव  ८१ र अन्य समूह १५ दशमलव ८१ अङ्कले बढेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको रू १२ करोड १७ लाख आठ सय ३० बराबरको शेयर खरिदबिक्री भएको छ ।