सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 264
    SHARES
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

    काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ।

    images

    बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँ बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।