सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुपर माछाखोला जलविधुत आयोजना र नेपाल विधुत प्राधिकरणबीच सम्झौता

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 518
    SHARES
  • सुपर माछाखोला जलविधुत आयोजना र नेपाल विधुत प्राधिकरणबीच सम्झौता

    काठमाडौं । बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागेकोको सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेगावट र नेपाल विधुत प्राधिकरणबीच विधुत खरिद बिक्रिका लागि सम्झौता भएको छ । 

    images

    गोरखा जिल्लाको धार्चे गाउँपालिकामा निर्माण गर्न लागिएको यस आयोजनाको नेतृत्व एनआरयनका सचिव तथा सफल व्यावसायि खगेन्द्र न्यौपाने, अष्ट्रेलियमा व्यवसाय गर्ने समाजसेवी जोन घले, युकेमा व्यवसाय गर्ने ईन्द्र ढकालसमेतले गर्नु भएको छ । 

    सम्झौता पत्रमा बुढीगण्डकी हाईड्रोपावर प्रा.लिको तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे र नेपाल विधुत प्राधिकरणको तर्फबाट उपकार्यकारी निर्देशक प्रदीप कुमार थिकेले हस्ताक्षर गर्नुभयो ।

    images

    No description available.

    यस्तै संचालक समितिमा कृष्ण घिमिरे र सरोज धिताल रहनु भएको छ । यो टिमले यस अघि सोहि क्षेत्रमा बिकाश हाईड्रो पावर कम्पनि लिमिटेडले निर्माण गरेको ४.५ मेगावटको आयोजना RCOD मिति भन्दा ६ महिना पहिल्यै नै सफलतापूर्वक सम्पन्न गरी RCOD समेत गरिसकेको छ । 

    आयोजनाको बित्तिय ब्यबस्थापन गरि चांडै नै निर्माण कार्य सुरू गर्ने तयारी रहेको र निर्माण कार्य करिव ३ बर्षमा नै सक्ने लक्ष्य राखियको संचालक सदस्य सरोज धितालले जानाकारी गराउनु भयो ।

    ''यस आयोजना बनाउन देश बिदेशमा रहेका नेपालीले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा सम्पन गर्न सकेको हो, हामीले साना आयोजनामा मात्र लगानि गरिरहेकोमा अब निकट भविष्यमा नै १५ मेगावट भन्दामाथि ५०/१०० मेगावटको आयोजना बनाउने गरि तयार गरेका छौं । जलबिधुत नै नेपालको भबिष्य हो यसमा क्रान्ति नै गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढेका छौं, अष्ट्रेलियाबाट जोन घलेले एक्स्प्रेसपानालाई भन्नू भयो।''

    'हाईड्रो पावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने रहेछ त्यस्तो टिमवर्क हामीमा छ ।' यसअघि निर्माण सम्पन्न गरि सफलतापुर्वक हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा म्यानेजिङ डाईरेक्टर कृष्ण घिमिरे, संचालक सरोज धितालले सफल हाईड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाईसक्नु भएको घलेले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # सुपर माछाखोला जलविधुत आयोजना