सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम

एक्सप्रेस पाना
आषाढ २२, २०८० शुक्रबार
  • 241
    SHARES
  • सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम

    काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    images

    अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज पुनः १ सय रुपैयाँले घटेको हो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।