आइतबार, भाद्र २८ गते २०८३
images

सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको प्रयासका साथ काम गरिरहेको छ : मन्त्री बस्नेत

एक्सप्रेस पाना
भाद्र ११, २०८० सोमबार
  • 377
    SHARES
  • सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको प्रयासका साथ काम गरिरहेको छ : मन्त्री बस्नेत

    भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा सुधारको प्रयासका साथ काम गरिरहेको बताउनुभएको छ। 

    images

    भक्तपुर दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको बताउनुभयो।

    images

    मन्त्री बस्नेतले केन्द्रले स्वास्थ्य तथा अङ्ग प्रत्यारोपणका क्षेत्रमा गरिरहेको काम उल्लेखनीय र सराहनीय रहेको भन्दै यहाँ रहेको स्थान अभावको समस्यालाई मध्यनजर गर्दै भवन निर्माणका लागि जग्गा खोजी गर्न जतिसक्दो चाँडो पहल गर्ने बताउनुभयो।

    उहाँले मिर्गौला प्रत्यारोपण, डायलोसिस, कलेजो प्रत्यारोपण लगायतका प्रभावकारी काम गर्दै आएको यस केन्द्रलाई राज्यको थप सहयोगको आवश्यकता देखिएको बताउनुभयो।

    मन्त्री बस्नेतले केन्द्रको समग्र अवस्था र केन्द्रले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै जनताका लागि अझै सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। मन्त्री बस्नेतले बिरामीबाट आएको समस्या समाधानका लागि आफू लाग्ने बताउनुभयो।

  • सम्बन्धित विषय:

  • # मोहनबहादुर बस्नेत