आइतबार, भाद्र २८ गते २०८३
images

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ- स्वास्थ्यमन्त्री बस्नेत

एक्सप्रेस पाना
आश्विन २३, २०८० मंगलबार
  • 310
    SHARES
  • वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ- स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिएका छन्। 

    images

    मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको जानकारी बताएका हुन्। 

    स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको थियो।

    images

    देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि उनीहरुलाई हटाउन बाध्य भएको मन्त्री बस्नेतको भनाइ छ।

  • सम्बन्धित विषय:

  • # मोहनबहादुर बस्नेत