काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्।
गृहमन्त्री लामिछानेले लेखेका छन्, गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासस् अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।’

.jpg)


