मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेका छौं :गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
जेठ २३, २०८१ बुधबार
  • 202
    SHARES
  • नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेका छौं :गृहमन्त्री लामिछाने

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    images

    उनले सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरी छलफलबाट आएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान सकिने बताए ।

     उनले भने, "नेपाल सरकारले, गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने कोशिस गरिरहेको परिप्रेक्ष्यमा सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गर्दैछौं,’।, ‘त्यो छलफलबाट आएका निचोडहरुलाई, छलफलबाट निस्किएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान गर्न सकिन्छ ।"

    images

    उनले आम नागरिकले नागरिकता प्राप्त गर्ने विद्यमान कानूनी अवस्थामा देखिएका कमी कमजोरीहरु सच्याउन जरुरी रहेको बताए ।

    उनले भने,"निकट भविष्यमा नै यसमा देखिएका समस्याहरुलाई सम्बोधन गर्नेगरी कार्यविधि निर्माण गर्नु नेपाल सरकारको दायित्व र जिम्मेवारी हो’  ‘विशेष गरी गृह मन्त्रालयको पहिलो दायित्व र जिम्मेवारी हो ।"

  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने