बुधबार, भाद्र २४ गते २०८३
images

टेलिकमको १९८ नम्बरमार्फत फाइबर नेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 342
    SHARES
  • टेलिकमको १९८ नम्बरमार्फत फाइबर नेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ ।

    images

    टेलिकमका अनुसार नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका एफफटीएच सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सकिने छ ।

    नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (एनटीटीभी) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्स्क्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन् ।

    images

    यस सेवा सञ्चालनसँगै एफटीटीएच सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भइ ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम