बुधबार, कार्तिक १९ गते २०८३
images
images

आइसीसीको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 228
    SHARES
  • आइसीसीको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित

    काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसीसी)को अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

    images

    सोल्टी होटेलमा सम्पन्न भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको साधारण सभाबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

    कार्यक्रममा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानुन निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।

    images

    आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरूको मध्यस्थताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामाथि उनले जोड दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजेशकाजी श्रेष्ठ
  • # आइसीसी