काठमाडौं । चलचित्र’कल्ली’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्।
निर्माणपक्षले हालै नाजिर र वर्षासँग लिखित सम्झौता गरेको हो।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नाजिर र वर्षा अनुबन्धित भएसँगै कलाकारहरुको लाइनअप बलियो बनेको छ।
चलचित्रमा यसअघि अभिनेता सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी नेपाल र अभिनेत्री बेनिशा हमाल अनुबन्धित भइसकेका छन्।
अभिनेता उत्तम प्रधानले पनि ’कल्ली’ मार्फत चलचित्रमा कमब्याक गर्दैछन्।
चलचित्रमा माओत्से गुरूङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि आवद्ध छन्।
किरण नेपालीको लगानीमा बन्न लागेको चलचित्रमा लक्ष्मण सुनारको लेखन एवं निर्देशन रहनेछ। पुसको २० गतेबाट चलचित्र छायांकन सुरू हुने जनाइएको छ।


