सोमबार, कार्तिक १७ गते २०८३
images
images

लगनखेलमा पोखरी संरक्षणका लागि ललितपुर महानगरले भत्कायो अनधिकृत संरचना

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 233
    SHARES
  • लगनखेलमा पोखरी संरक्षणका लागि ललितपुर महानगरले भत्कायो अनधिकृत संरचना

    काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरु भत्काउने काम सुरु गरेको छ । 

    images

    ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काइएको हो । 

    लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरु हटाएर ऐतिहासिक पोखरीलाई सबैले हेर्नसक्ने बनाउनको लागि भत्काइएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । 

    images

    उनले भने,"लगनखेल चोकमा रहेको ऐतिहासिक पोखरी छोपिएको अवस्थामा छ । यहाँभित्र पोखरी छ भन्ने कुरा सायद धेरैलाई थाहा छैन् होला । यसलाई सुधार गर्दैछौ । तर पोखरीलाई बटुवाहरुले कति ठूलो पोखरी रहेछ भनेर देख्न पाउन भनेर काम गरेका हौं ।’ यहाँ रहेको न्हुँ पुखुको बारेमा धेरै मान्छेलाई थाहा छैन् । यस्तो ऐतिहासिक न्हुँ पुखु छ तर छोपिएको अवस्थामा भएको कारणले कसैले देखेको छैन् । त्यसकारण अब यो सबै भवनहरु हटाएर पोखरीलाई राम्रो बनाउछौ ।"

    Photo (21) (4).jpg

    Photo (13) (9).jpg

    Photo (11) (11).jpg

    Photo (8) (14).jpg

    Photo (20) (3).jpg

  • सम्बन्धित विषय:

  • # चिरिबाबु महर्जन
  • # ललितपुर महानगरपालिका