सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीनकुने घट्ना प्रकरण:दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

एक्सप्रेस पाना
जेठ ११, २०८२ आइतबार
  • 294
    SHARES
  • तीनकुने घट्ना प्रकरण:दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

    काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

    images

    जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको हो । प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ । 

    त्यस्तै, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रवसहित पाँच वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको हो । 

    images

    उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। जसमा पत्रकार सुरेस रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो।

  • सम्बन्धित विषय:

  • # तीनकुने घट्ना