सोमबार, कार्तिक १७ गते २०८३
images
images

सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरवाही हो, सचेतना जरुरी छ:मुख्यमन्त्री कार्की

एक्सप्रेस पाना
आषाढ ६, २०८२ शुक्रबार
  • 257
    SHARES
  • सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरवाही हो, सचेतना जरुरी छ:मुख्यमन्त्री कार्की

    काठमाडौं । ‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौं ट्राफिक नियमको पालना’ भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ । 

    images

    कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको यो सप्ताह सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित रहेको जनाइएको छ । 

    विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी ¥याली सिटी हल पुगेर सम्पन्न भएको कार्यक्रमको उदघाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी गरे ।

    images

    उनले ‘सुरक्षित यात्रा’ शीर्षकको श्रव्यदृश्य सामाग्री सार्वजनिक गर्नुका साथै सार्वजनिक बसमा क्यूआर कोड स्टिकर टाँसी यात्रुहरुको गुनासो संकलनको व्यवस्था सुरु गरेका छन् । 

    मुख्यमन्त्री कार्कीले सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरवाही भएकाले सबै क्षेत्रको सहभागिता आवश्यक भएको उल्लेख गर्दै विद्यालय तहबाटै ट्राफिक सचेतना अभियान थाल्नुपर्ने धारणा राखे । उनले ट्राफिक व्यवस्थापनमा योगदान दिने व्यक्तिहरूलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरेका छन् । 

    कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार सधैं ट्राफिक सुरक्षामा तत्पर रहेको बताएका छन् ।

    ट्राफिक सप्ताहको अवसरमा कोशी प्रदेशका १४ वटै जिल्लामा एकसातासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् । सड़क अनुशासन र सवारी सुरक्षामा जनसहभागिता बढाउन ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # सडक दुर्घटना
  • # हिक्मत कुमार कार्की