सोमबार, कार्तिक १७ गते २०८३
images
images

चितवनका केही क्षेत्रमा आजदेखि ६ घण्टा लोडसेडिङ

एक्सप्रेस पाना
श्रावण ११, २०८२ आइतबार
  • 182
    SHARES
  • चितवनका केही क्षेत्रमा आजदेखि ६ घण्टा लोडसेडिङ

    काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ । 

    images

    पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

    अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको हो । 

    images

    तालिका अनुसार नारायणी–माडी फिडरहरू: बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू ः बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर–रामपुर फिडरहरू: दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म लोडसेडिङ हुने छ । 

  • सम्बन्धित विषय:

  • # लोडसेडिङ