बुधबार, भाद्र २४ गते २०८३
images

‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

एक्सप्रेस पाना
पौष २, २०८२ बुधबार
  • 207
    SHARES
  • ‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

    काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

    images

    बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे ।

    उनले भने, ‘नेपालको राजनीति सधैं एउटै ठाउँमा रहिरहन सक्दैन । अहिलेको अवस्था महाभारतमा कौरव–पाण्डव युद्ध हुनुअघिको कुन पक्षमा उभिने भन्ने जस्तो छ । आजको राजनीतिमा पनि को कौरवको पक्षमा र को पाण्डवको पक्षमा भन्ने अवस्था आएको छ ।’

    images

    पत्रकारितामा रहँदा आफूले भूईँमान्छेको आवाज उठाउने प्रयास गरेको दाबी गर्दै उनले अहिले राजनीतिमा प्रवेश गर्दा सत्यको पक्ष रोजेको बताए ।
    ‘राजनीतिमा पहिलो खुड्किलो राख्दै गर्दा म पाण्डवको, अर्थात् सत्यको पक्ष लिनुपर्छ भन्ने ठानेर रास्वपामा आएको हुँ ।’ उनले भने ।

    उनले धर्म र पापका विषयमा पनि आफ्नो धारणा राख्दै भने, ‘सत्यको पक्षमा आउँदै गर्दा मैले मात्रै धर्म पूरा गरिरहेको छु भन्ने होइन । कौरवको पक्षमा लागेर पनि धर्म निर्वाह हुन सक्छ । किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ ।’

    न्यूज २४ टेलिभिजनमा आठ वर्ष लामो कार्यकाल पूरा गरेका खत्रीले हालै उक्त टेलिभिजनसँगको यात्रा टुंग्याउँदै सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

  • सम्बन्धित विषय:

  • # राजिव खत्री