काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ ।
आज बजार १०.२९ अंकले घटेर २६१०.६३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ४ अर्ब ७१ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब भन्दा बढिको कारोबार भएको छ ।
त्यसैगरी आज ७९कम्पनीको सेयर मुल्य बढेको छ भने १७१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।
त्यसैगरी आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।


