काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार २८.७३ अंकले बढेर २६३९.३७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे संगै कारोबार रकम पनि बढेको छ । आइतबार ५ अर्बको कारोबार भएको बजारमा आज ६ अर्ब ४७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २१४ कम्पनीको सेयर मुल्य बढेको छ भने ७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
सोमबार ५ वटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।


