काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार ९.९३ अंकले बढेर २६४९.३० को विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।
बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ४७ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब १२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १४८ कम्पनीको सेयर मुल्य बढेको छ भने १०३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
शेयरमूल्य वृद्धितर्फ यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतले उक्लिएको छ भने हिमालयन ८०–२० को इकाईमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । यता, रु रु जलविद्युत परियोजनाको शेयरमूल्य भने सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको मंगलबार २४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।


